aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज २० गते मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतवार प्रि–अलोटमेण्ट गरी मंगलवारसम्म बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएको हो । 

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गर्ने तयारी गरेको हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

यस कम्पनीको आईपीमा माग भन्दा ८ गुणाबढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार ८ लाख १६ हजार ३६ जना आवेदकबाट २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन परेको हो ।
 
हालको धितोपत्र निष्कासन तथा बाँडफाँटमा भएको व्यवस्था अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताको दरमा बाँडफाँट गर्नुपर्ने हुन्छ । यस हिसावमा जनरलको आईपीओ गोलप्रथाद्धारा बाँडफाँट हुनेछ । २ लाख ७३ हजार भाग्यशाली लगानीकर्ताहरुले मात्र जनरलको आईपीओ दश कित्ताका दरले हात पार्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस