aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

ट्राफिक महाशाखाको नयाँ सफ्ट्‌वेयर, हराएका सवारी साधानको उजुरी अनलाइनबाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
ट्राफिक महाशाखाको नयाँ सफ्ट्‌वेयर, हराएका सवारी साधानको उजुरी अनलाइनबाटै

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि ीLost & Found Vehicle Record System सफ्टवेयरको एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज उद्‍घाटन गरेका छन। 

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेका ट्राफिक प्रहरीको उच्च प्रशंसा गर्नुहुदै आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गगरे । 

उनले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडी शिर नझुकाई निश्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिए । सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुदाँ २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरियता र प्रभावकारीता हुने विश्वास लिए ।

सोही कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुहुदै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरश पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे । उक्त भवन रु। १३ लाख ५१ हजार ८०९ मा सम्पन्न भएको हो । 

हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई समेत मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात आजैबाट महाशाखाले गरेको छ । 

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि ीLost & Found Vehicle Record System सफ्टवेयर सञ्चालनमा ल्याएको बताए ।

 अनलाईन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने बताए ।

यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट  traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ । 

त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।

यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो । असोज ५ गतेदेखि शुरु भएको यिकत lost Document Application अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाटै सेवा प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस