
काठमाडौं। कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएकी छिन्। सो को अध्यक्षता ग्रहण गर्दै आइरहेकी दीपाश्री कार्यक्रमबाट बाहिरेकी हुन् । अब उनको ठाउँमा नायिका करिश्मा मानन्धरको प्रवेश भएको छ।
उक्त कार्यक्रमको अध्यक्षका रुपमा आफू नरहेको निरौलाले फेसबुकमार्फत् जानकारी दिएकी छिन्। उनले कार्यक्रममा धेरै परिवर्तनहरू गरिएको पनि बताएकी छिन्। उनले सबैलाई धन्यवाद दिदै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मुन्द्रेको कमेडि शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हूदैछ । यसको लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ । फेरी त्यहि माया र सद्भभाब कार्यक्रम लाइ निरन्तर प्रदान गर्नु हुन्छ भन्ने आशा गरेकि छू । निकट भबिष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु ।’
कलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो। केही दिनमै दोस्रो सिजन सुरु गर्ने भनिएको छ।
प्रतिक्रिया दिनुहोस