
काठमाडौं । सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा विभिन्न छुटको अफर सार्वजनिक गरेको छ । सुजुकी ब्राण्डको नेपालको आधिकारीक बिक्रेता भीजी अटोमोबाइल्सले एनआइसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि दुई पाङ्ग्रे सवारी गर्नेले उक्त छुट पाउने छन् ।
उक्त अफरमा १२ हजार रुपैयाँ नगद छुट तथा तीन हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ रकम छुट प्राप्त गर्ने सकिने समझदारी भएको भीजी अटोमोबाइल्सले जनाएको छ । एन आई सी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भिजी अटोमाबाइल्सकाको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाइल्सका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रुपैयाँ रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस