aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेप्सेमा सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
नेप्सेमा सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत्र मसान्तसम्म सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ । 'ए' वर्गमा पाँच वाणिज्य बैंक छन् भने बाँकी कम्पनी 'जी' र 'जेड' मा परेका छन्, 'बी' मा भने कुनै पनि कम्पनी परेको छैन् ।

क्लास 'ए' मा ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र सनराइज बैंक परेका छन् । नेप्सेले चालू आर्थिक वर्षको तेस्रो त्रैमासका आधारमा नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।

यसमा सन्तुष्ट नभएका कम्पनीलाई नेप्सेले 'ए' र 'बी' मा पर्नुपर्ने कारण बुझाउन ३५ दिनको अवधि दिएको थियो । यसमध्ये पाँच वाणिज्य बैंकले चित्त बुझ्ने कारण दिएपछि क्लास 'ए' मा परेका हुन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ लागू गरी सूचीकृत कम्पनीलाई चार वर्षमा विभाजन गर्ने व्यवस्था गरेको हो । 

नेप्सेले क्लास ए, बी, जी र जेड गरी चार समूहमा २०९ सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार क्लास 'बी' मा कुनै पनि कम्पनी परेका छैनन् । क्लास 'जी' मा ३४ कम्पनी र क्लास 'जेड' मा १७० कम्पनी छन् । 

कम्तीमा चुक्तापूँजी रु. १ अर्ब भएको, सञ्चालन भएको ३ वर्ष पूरा भएको, २ वर्षदेखि मुनाफामा रही लाभांश वितरण गरेको, त्रेडिट रेटिङबाट औसत वा सो भन्दा माथिको रेटिङ पाएको, पुस मसान्तसम्म साधारणसभा सकेको र नेप्सेमा सूचीकृत भएको २ वर्ष पूरा भएको कम्पनी 'ए' वर्गमा पर्छन् । आजको आर्थिक अभियानमा खबर छ । 

प्रतिक्रिया दिनुहोस