aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

“अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
“अब १ रुपैयाँमा चढ्नुहोस् होण्डा”

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैलाई  लक्ष्ति गरी “हरएक नेपालीलाई १ रुपैयाँमा होण्डो” नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।

 कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।

असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

 स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा  ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्ने कम्पनीको भनाइ रहेको छ ।  

यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्त्र्mयाच कुपन मार्पmत  १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले दावी गरेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सकिने छ ।  


 

प्रतिक्रिया दिनुहोस