aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुँरास लाइफले लिलामी शेयर भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
गुँरास लाइफले लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले असोज १३ गते देखि लिलामीमा विक्री खुला गरेको अवितरित हकप्रद शेयरमा भर्ने असो १९ गते सोमवार अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारण तर्फको ३ लाख ३ हजार ५६५ कित्ता र संस्थापक तर्फको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला विक्री खुला गर्दा विक्री हुन नसकेको यो शेयर लिलामीमा विक्री गरेको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । एकै ब्याक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन गर्नुपर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक  एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस