aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

‘टिभिएस ३१० को सबैभन्दा महँगो मोटरसाइकल जित्ने अवसर पाउने’

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • सोमबार, १९ असोज २०७७
‘टिभिएस ३१० को सबैभन्दा महँगो मोटरसाइकल जित्ने अवसर पाउने’

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि अछुतो रहन सकेन । लामो समयदेखिको लकडाउन सकिन नपाउँदै नेपालीहरूको घर आँगनमा हिन्दुहरूको महान चाड बडा दशैंको रौनकता छाइसकेको छ । दशैलाई राम्रो लाउने अनि मिठो खाने पर्वको रुपमा पनि लिने गरिन्छ ।

तर, बिडम्बना कोभिडका कारण यसपालीको दशैं अन्य समयको दशैं भन्दा अलि फरक हुनेछ । लामो समयदेखिको लकडाउनले आजित भएका हरेक नेपालीलाई केहि हदसम्म भए पनि आशा तथा खुसीको सञ्चार प्रवाह गर्ने सोचले यस वर्ष हामीले (जगदम्बा मोटर्स प्रा.लि.) ले ‘टिभिएस दशैंको आशा’ योजना ल्याएका छौं ।  विगतमा पनि हामीले दशै तिहारमा विभिन्न स्किमहरु ल्याउने गरेको थियौं । तर, यसपालि हामीले अन्य समयको भन्दा केही फरक खालको स्किम ल्याएका हौं ।

नेपालमा टिभिएस ब्राण्ड पहिलादेखि नै थियो । यो ब्राण्ड जगदम्बा मोर्टसले लिएको ६ वर्ष भइसकेको छ । छोटो समयमा हामीले ग्राहकहरूको मन जित्न सफल भएका छौँ । जुन आशा लिएर हामीले यो व्यवसाय शुरु गरेका थियौँ हामीले त्यो पाएका छौं । हामी ग्राहकहरूलाई केन्द्रीत गरेर अगाडि बढिरहेका छौं।

नेपालमा टिभिएस एउटा यस्तो ब्राण्ड हो, जससँग हरेक वर्गलाई लक्षित गरेर मोटरसाइकल तथा स्कुटरहरू उपलब्ध छन् । हामीसँग १०० देखि ३०० सीसीसम्मका मोटरसाइकल र स्कुटर छन् ।

नेपालमा टिभिएस एउटा यस्तो ब्राण्ड हो, जससँग हरेक वर्गलाई लक्षित गरेर मोटरसाइकल तथा स्कुटरहरू उपलब्ध छन् । हामीसँग १०० देखि ३०० सीसीसम्मका मोटरसाइकल र स्कुटर छन् । अन्य ब्राण्डको तुलनामा हामी भिन्न छौँ । हाम्रोमा जस्तो फिचर्स अरुमा छैन । भिन्न फिचर भएका कारण हामीले ग्राहकहरूको रोजाइ अर्थात ग्राहकको डिमाण्डहरू पुरा गर्न सकिरहेका छैनौँ । बजारमा यसको धेरै माग छ ।

कोरोना महामारीका बेला हामीले शून्य प्रतिशत ब्याजदर र डाउन्ट पेमेन्टमा मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने स्किम पनि ल्याएका थियौँ । यसो किन गरिएको हो भने त्यतिबेला लामो समयसम्म मानिसहरू घरमा बस्नु परेको थियो । लकडाउनमा निराश बनेका मानिसहरूमा आशा जगाउनको लागि पनि हामीले यस्तो स्किम ल्याएका हौँ ।  

अरु बेलामा पनि सधै जसो दशै तिहारमा विभिन्न स्किमहरू ल्याउने गरेको थियौँ । तर, यसपालि हामीले केहि फरक खालको स्किम ल्याएका छौँ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० टीभीएस कै सबैभन्दा महँगो मोटरसाइकल जित्ने अवसर पाउने छन् । 

यसपालिको दशैँ तिहार र छठसम्मका लागि ल्याइएको नयाँ स्किममा मोटरसाइकल, स्कुटर खरिद नगर्नेले पनि उपहार जित्न सक्ने छन् । यस अवधिका कम्तीका १० हप्तासम्म १० जनाले गोला प्रथाबाट उपहार पाउन सक्छन् ।

‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार रुपैयाँ र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । साथै अहिले अनलाइनबाट खरिद गर्दा मोटरसाइकलको बजार मूल्य जति हुन्छ त्यसमा १५ हजार छुट र स्कुटरमा १२ हजार छुट दिएका छौँ ।

ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

त्यस्तै, ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

हरेक हप्ता हुने लक्की ड्रममा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनोट वा किन्ने विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

टिभिएस नेपाल यस्तो ब्राण्ड भयो जसले अनलाइन मार्फत मोटरसाइकल र स्कुटर बिक्रि गर्न शुरु गर्यो । त्यो बीचमा हाम्रो आफ्नै वेव पोर्टल मार्फत अनलाइन सेल्स गरियो । कोभिड १९ को बेला जनमानसमा एक किसिमको डर त्रास थियो । मानिसहरू मार्केटमा नै आउँदैनन थिए । यस्तो अवस्थालाई मध्येनजर गरेर हामीले होम डेलिभरी गर्ने व्यवस्था गर्यौ । 

त्यो भन्दा माथि बढेर हामीले भर्चुअल व्यापारको कन्सेप्ट पनि ल्याएका छौँ । अब चाडै नै भर्चुअल प्लेटफर्मबाट सम्पूर्ण ग्राहकहरूले आफूले चाहेको सवारी साधनहरू छनोट गरेर किन्न सक्नु हुनेछ । जसरी ग्राहकले शोरुममा गएर सवारीसाधन रोजेर खरिद गर्नु हुन्छ त्यस्तै अनुभूति दिनेगरि भर्चुअल मार्फत सवारीसाधनको सम्पूर्ण जानकारी हाम्रा सेल्स प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गरेर खरिद गर्न सक्नु हुनेछ । हामी सेल्स भन्दा पनि आफ्टर सेल्समा बढी फोकस छौँ । हाम्रो क्वालिटी उच्च स्तरीय छ । हामी भनेको बेलामा यसका पार्टस उपलब्ध गराउँछौँ ।  

ग्राहकहरू सधै नयाँ नयाँ फिचर भएका सवारी साधन खरिद गर्न चाहन्छन् । त्यसलाई मध्येनजर गर्दै टिभिएसले सुरुवाती समयदेखि नै ग्राहकहरूको इच्छा चाहना र मनोविज्ञानलाई बुझ्दै समय सापेक्ष प्रडक्डहरूमा अपग्रेट गर्दै अगाडि बढिरहेको छ ।

कोरोना महामारी अझै पनि सकिएको छैन । यस्तो बेला हामीले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्दै शोरुम खोलिरहेका छौँ । सकभर अनलाइनबाट खरिद गर्नुस्, यदि शोरुममा आएर खरिद गर्न चाहनु हुन्छ भने पनि ढुक्क भएर आउन सक्ने वातावरण मिलाएका छौँ ।

 
(रौनियारसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस