aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाए १० कित्ता शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाए १० कित्ता शेयर

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे भएको बाँडफाँटमा २ लाख ७३ हजार जना आवेदकहरुले मात्र १० कित्ताका दरले शेयर हात पारेका छन् । यी आवेदकहरुले गोलाप्रथाद्धारा १० कित्ताका दरले शेयर पाएका हुन ।

यस कम्पनीको आईपीओमा ७ लाख ९६  हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयर खरिदको माग परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्ध भएको छ । यो आईपीओ खरिदका लागि आवेदन दिने ५ लाख २४ हजार ५४ जनाको हात खाली भएको छ । 

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गरेकोे हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 
 

प्रतिक्रिया दिनुहोस