aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको आईपीओमा पाँच लाख बढीको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओमा पाँच लाख बढीको हात खाली

काठमाडौं । जनरल इन्स्योरेन्सले साधारण शेयर (आईपीओ) को बाँडफाँट भएको छ । कम्पनीको शेयरमा आवेदन परेकाहरुलाई गोलाप्रथाबाट १० कित्ता शेयर निष्काशन तथा बाँडफाँट अनुसार बाँडफाँट गरेको छ । 

कम्पनीको आईपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदन परेको थियो । उक्त आवेदनबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयरका लागि आवेदन माग गरिएको थियो । उक्त आवेदनबाट २ हजार १८८ जना आवेदकबाट ४८ हजार ६४० कित्ता आवेदन रद्द  गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ । शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँट गरिएको हो । 

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार कित्ता शेयर विक्री प्रबन्धकले बाँडफाँट गरेकोे हो । कुल कित्तामध्य जनरल इन्स्योरेन्सले १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।
 

प्रतिक्रिया दिनुहोस