
काठमाडौं । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी भएको कम्पनीले जनाएको छ ।
यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजिका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी मानिन्छ ।
यसै शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको जनाएको छ । ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्ने कम्पनीले बताएको छ ।
्
त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनसक्छ । कम्पनी यति विश्वस्त छकि यदि इको स्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकमभन्दा दोब्बर रकम फिर्ता पाउनेछ ।
प्रतिक्रिया दिनुहोस