aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश सहित विविध प्रस्ताव पारित गर्न कात्तिक पाँच गते २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्नेभएकाले असोज २२ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

कोरोना महामारीका विच कम्पनीले मर्चुअल माध्यमबाट सहभागी गराई सभा गर्ने तयारी गरेको छ । सभामा भाग लिन चाहनेहरुका लागि भर्चुअल उपस्थितिका लागि व्यवस्था मिलाईने कम्पनीको भनाई छ ।

सभाले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सहित गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आय व्यय विवरण र सोही अवधिको नगद प्रवाह विवरण समेत छलफल गरी पारित गर्नेछ । सभाको विषेश प्रस्तावमा हालको  ३ करोड रुपैयाँ जारी पूँजीलाई बृद्धि गरी  ५ करोड रुपैयाँ पु¥याउने रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस