बलिउड अभिनेत्री करीना कपूर कहिले तस्विर त कहिले आफ्ना भनाइका कारण भइरल (ट्रोल) बनिरहेकी हुन्छिन् ।
हाल इटालीको टस्कनीमा आफ्ना श्रीमान सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी करीना फेरि ट्रोल बनेकी छिन् । यतिबेला उनी फिगरका कारण भन्दा पनि मेकअपका कारणले ट्रोल भनिरहेकी छिन ।
त्यसो त उनी बिना मेकअप पनि राम्री देखिन्छिन् । तैपनि ट्रोलको शिकार बनिन् । ३८ वर्षीया करीनाको बिना मेकअपको तस्विर सामाजिक सञ्जालमा विभिन्न ट्रोलका साथ भाइरल भएको छ । तस्बिरसँगै क्याप्सनमा ‘घाममा मजा लिँदै’ लेखेकी थिइन् । यो तस्बिरमा उनी निकै खुशी देखिन्छिन् ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब उमेर भयो ।’ त्यस्तै अर्का प्रयोगकर्ताले ‘हे भगवान।।।भयानक’ लेख्दा एक जनाले ‘भयानक अनुहार’ लेखेर कमेन्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस