aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
कोभिड असर

न बस न एअरलाइन्स यसपालिको दशैंतिहारमा सबै रित्तै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
न बस न एअरलाइन्स यसपालिको दशैंतिहारमा सबै रित्तै

काठमाडौं । दशैं शुरु हुन अब केहि दिन मात्र बाँकी हुँदा समेत यातायात क्षेत्रमा कुनै चहलपल देखिएको छैन । अबको एक हप्तापछि घटस्थापना शुरु हुदैछ । गएका वर्षहरुमा यतिबेलासम्म बसका काउन्टर र एअरलाइन्सका टिकटहरु काट्ने मानिसको भिड थेगिनसक्नु हुन्थ्यो ।

यस पटक भने आजसम्म एक जना पनि काउन्टरमा टिकट बुकिंगका लागि सोध्न समेत नआएको यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचारी बताउँछन् । यतिबेला लामो दूरीका गाडीको मात्र होइन हवाई जहाजका पनि टिकट बुकिङमा उत्तिकै चाप हुन्थ्यो । तर यसपालि अहिलेसम्म चाड मान्न घर जानेहरुको रौनक उतिसारो नहुँदा वायुसेवा कम्पनीहरुले दशैंमा उडान संख्या नथप्ने भएका छन भने बसहरुमा यात्रु संख्या कम भएका र कोभिडका कारण आधामात्र यात्रु संख्या यात्रा गराउन परेका कारणले समस्यामा परेका छन् ।

अध्यक्ष कर्मचार्यका अनुसार देशैभरीका यातायात व्यवसायीलाई आज(विहीबार) राजधानीमा भेला बोलाएको बताए । उनले भने, देशै भरीका यातायात व्यवसायी कसरी सञ्चालन गर्ने भनेर छलफल गर्न राजधानीमा बोलाएका छौं अब सरकारले न वार्तामा बोलाउ छ न यातायातको विकल्प दिन्छ यस्तो बेलामा हामीहरु आफैले कसरी यात्रुहरुलाई सेवा दिने भनेर छलफल गर्छौ ।

यता यातायात व्यवस्था विभागका महानिर्देशकले भने सरकारी एक मन्त्रालयले जहा हुनुहन्छ त्यहि चाडपर्व बनाऔं भनेका बेलामा यातायतको टिकट खुलाउन नसुहाउने अबस्था भएको बताए । उनले भने, स्वास्थ्य मन्त्रालयले अहिलेको अबस्थामा जो जहा हुनुहुन्छ त्यहि चाडपर्व मनाउनु भनेको बेलामा यातायातका सवारी साधनको अग्रिम टिकट नै खुलाउने पर्ने अबस्था देखिन फेरि यात्रुहरुको माग पनि नरहेको हामीले पाएका छौं ।
यातायात व्यवसायीहरुसँग छलफल निरन्तर लागिरहेको र यात्रुहरुले जान चाहेको गन्तव्यसम्म पुर्याउन हामी सबै तयार रहेको महानिर्देशक हमालले आर्थिकन्यूज डटकमलाई जानकारी दिए । असोज २५(२६ गतेसम्ममा सबै व्यवसायहरुसँग छलफल गरेर लामो दूरीमा चल्ने यातायातहरुमा दशैंको लागि भनेर व्यवस्थापन गर्ने व्यबस्था मिलाउछौं तर, अहिले पनि यात्रा गर्न चाहने यात्रुहरुका लागि यातायातका साधनको कमी भने नभएको उनको भनाइ रहेको छ ।

यातायात व्यवसायीले भने दशैंका लागि भनेर सबै सेवाको तयारी पूर्णरुपमा गरेर बसेका थिए । अध्यक्ष कर्मचारीका अनुसार यातायात व्यवसायीहरुसँग रहेका ३ लाख वटा यात्रु वाहक बस सबै तयारी अबस्थामा राखेका थियौं तर, अबस्था फेरि फरक भयो उनले भने । देशैभरीमा २५ हजार जना टिकट काउन्टरमा बस्ने कर्मचारीहरुलाई तयारी अबस्थमा राखेको उनले बताए । उनले भने, ३ लाख सार्वजनिक यातायात, ६० हजार मालवहाक सवारी साधन र १० लाख यातायातसँग सम्बन्धीत कर्मचारीहरु सेवा दिन तयारी अबस्थामा राखेका थियौं ।

काउन्टर खोलेर बसेका छन् तर टिकट काट्न एक जना पनि नआएपछि यातायात व्यवसायीहरुको न दशै भयो न व्यवसाय नै टिक्ने अबस्थामा रहयो । सबै यातायात व्यवसायीले व्यक्तिगत रुपमा ऋण खोजेर कर्मचारी पालिरहेको उनले गुनासो गरे । उनले भने, ‘सरकारले सहूलियतपूर्ण कर्जा दिने भनेको छ हामी सबैले आवेदन दिएका छौं तर त्यो आउने कहिले हो थाहा छैन, यातायात सञ्चालन गर्दा झन हामीलाई ऋण धेरै परिहेको छ । के गर्ने सेवा हो यात्रुहरुलाई सेवा दिनै पर्यो । ’ 

लामो समयपछि खुलेको आन्तरिक उडानमा यात्रुको चाप वायुसेवा कम्पनीहरूको अपेक्षाअनुसार बढेको देखिएको छैन। नियमित उडानलाई नै ठिक्क हुने संख्यामा यात्रु रहँदा कम्पनीहरू चाडपर्वका लागि उडान थप्न उदासीन देखिएका हुन् । 

चाडबाड नजिकिए पनि यतिखेर हवाई यातायातमा विगतका वर्षमा झैं यात्रु चहलपहल नरहेको वायुसेवा े एयरलाइन्स अपरेटर एसोसिएशन नेपालका प्रवक्ता योगराज कँडेल शर्माले जनाएका छन् । यही कारण यो वर्ष अघिल्ला वर्षजस्तो दशैंतिहारमा उडान संख्या थप्नुपर्ने अवस्था नरहेको व्यवसायीले बताए । हाल सञ्चालनमा रहेका एअरलाइन्स कै ३० देखि ६० प्रतिशत क्षमतामा चलेका छन् । 

 प्रवक्ता शर्माका अनुसार हाल बुद्ध एअरको सेवा मात्र ६० प्रतिशतको हाराहारीमा चलेको उनले बताए । उनले भने,‘ विराटनगरमा पहिला १७–१८ वटा फ्लाइट भएको स्थानमा २ वटा फ्लाइट  पनि पुर्ण क्षमतामा चल्न सकिरहेका छैनन ।’ रेगुलर भाडाभन्दा ५० प्रतिशतको हाराहारीमा भाडादर पनि घटाएका छौं उनले भने,  

यो समय विदेशी र आन्तरिक पर्यटकको चहलपहल कम भएका कारण यात्रु संख्या कम भएको बताउँदै उनले चाड लक्षित गरेर अक्टोबरदेखि अतिरिक्त उडान थपिए पनि हवाई यात्रु संख्या उल्लेख्य नभएको बताए ।

चाडबाड नजिकिँदै गएपछि हवाई यातायातका लागि टिकट बुकिङ गर्नेको ओइरो लाग्दा विगतमा बुद्ध, श्री, यती, सिम्रिक र सौर्य लगायतका आन्तरिक वायुसेवा कम्पनीहरुले यात्रुबाट आएको अत्यधिक माग सम्बोधन गर्न उडान संख्या थप्ने गरेका थिए । उनले भने, ‘ गतवर्ष यस अवधिमा सबै एअरलाइन्सका टिकट बुकिङ सकिएर सरकारसँग गुहार माग्ने बेला भइसकेको हुन्थ्यो ।’  अघिल्लो वर्ष दसैंको मुखमा अर्थात् यही समयमा बुद्ध, श्री र यतीले क्रमशः ५०,  १५ र ३० वटा उडान भर्ने गरेका थिए ।

विभिन्न गन्तव्यमा दैनिक सात वटा उडान गर्दै आएको श्री एयरलाइन्सले पनि प्रायः गन्तव्यमा एकतर्फी उडानमा मात्र यात्रु अकुपेन्सी धेरै रहेको जनाएको छ। गत बिहीबारदेखि दैनिक १५  उडान अनुमति पाएको श्रीले धनगढी, नेपालगञ्ज,  भैरहवा, विराटनगर र भद्रपुर लगायतका गन्तब्यमा उडान गर्दै आएको छ। कम्पनीले जनकपुर, सिमरा, पोखरा र राजविराज लगायत गन्तब्यमा भने उडान गरेको छैन । 

एअरलाइन्सको पूर्ण क्षमतामा सञ्चालन नहुँदा सञ्चालन खर्च बढेका कारण दैनिक खर्च धान्न पनि कम्पनीहरुलाई नपुग्ने गरेको उनले बताए । उनले भने,‘ महिनौपछि खुलेका हाम्रो एअरलाइन्सहरुका कर्मचारीलाई तलबसम्म पनि दिन सकिएको छैन । कर्मचारीहरु श्रम अदालत जान्छुभन्न थालिसके । सरकारले पर्यटन क्षेत्रका लागि भनेर ल्याएको ५० अर्बको प्याकेजले यो क्षेत्रलाई हात्तीको मुखमा जिरा पनि हुँदै त्यो पनि कहिले आउने हो थाहा छैन ।’


 

प्रतिक्रिया दिनुहोस