
रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा भोलि सोमबार जेठ २७ गते हुने भएको छ । उक्त साधारण सभमा १२ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताब गरिनेछ ।
फाइनान्सको ८ औं र ९ औं वार्षिक साधारण सभा लैनचौर ब्याक्वेटमा बिहान ११ बजे हुने भएको छ ।
फाइनान्सले साधारणसभा प्रयोजनको लागि जेठ १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । उक्ता लाभांश जेठ १२ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस