
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण यो वर्ष अटो बजार सुनसान छ । अन्य वर्ष चाडपर्वका बेला अटो व्यावसायमा निकै चहलपहल हुने गरेको थियो । वर्षेनी दशैँ अगाडी हुदै आएको नाडा अटो सो यस बर्ष हुन सकेन् । नाडा अटो सो देखि नै दशैँलाई लक्षित गरेर गाडी पारखीहरुलाई सवारी साधन किन्दा विभिन्न छुट दिने गरेका मोटर कम्पनीहरुले यस बर्ष चाड पर्वलाई लक्षित गरेर अधिक छुटका अफर ल्याएका छन् ।
जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर छुट, एक वर्ष निःशुल्क बीमा, साबरी साधन नाकिन्नेले पनि लक्की ड्र मार्फत लाखौको उपहार जित्न सक्ने, स्क्रयाच कार्ड छनोट गरी लाखौ जित्न सक्ने, निशुल्क डाउन पेमेन्ट जस्ता अफरहरु ल्याएका छन् । कुन कम्पनीका अफर कस्तो छ ? कुन सवारी साधन किन्दा बढी अफर पाइन्छ ? एक भन्दा बढी कम्पनीहरुले दिएका दशैँ अफरको तुलना गरेर सबारी साधन किन्न सजिलो होस् भन्नका यो रिपोर्ट तयार गरेका छौँ ।
निसान
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्ट गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको EMI पनि कम्पनीले नै तिरिदिने जनाएको छ ।
उक्त अफर नलिएको खण्डमाबढीमारु २० लाख सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन। यसका साथै ३५ हजार ९९९ रुपैंया बराबर को Redmi Note 9 Pro Max मोबाइल फोन प्राप्त गर्न सक्ने छन् ।
यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडी को खरिदमा ५० हजार रुपैयाँसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिंग,Redmi Note 9 Pro Max , तिन वर्षको वारेन्टि, तिन बर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ।व। को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन।
फोर्ड
फोर्ड गाडीहरूको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्सले ‘फोर्ड फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभहरू पनि लिन सकिने कम्पनीले जनाएको छ ।
यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरूको सुविधालाई ध्यानमा राखी, ग्राहकहरूले उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छन् । त्यसभित्र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभहरू पनि लिन सक्छन् ।
साथै ग्राहकले बक्सबाट ३ वटा स्क््रयाच कार्ड छनोट गरी चार लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रहेको र बढीमा यो एक लाख ५० हजारसम्मको दशैँ अफर दिइएको छ।
त्यसैगरी ६ महिने ईएमआई होलिडे योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैङ्कलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिएको छ । यो योजना माछापुच्छ«े बैङ्कमार्फत उपलब्ध हुनेछ र जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज बापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकले एसेसरिज र बीमा पनि प्राप्त गर्दछन् ।
अर्को हो स्थगित भुक्तानी (डिफर्ड पेमेन्ट), यो योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्टका साथ बैङ्कबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान हुनेछ ।
यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्री स्टाइल र फोर्ड इकोस्पोर्टस्को भेरियन्टहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
फोर्स मोटर्स
फोर्स मोटर्सले दशैं अफरको घोषणा गरेको छ । कम्पनीले ’फोर्स दशैं आशिर्वाद’ अफर अन्तरगत ग्राहकहरूलाई तीन वटा विकल्प दिएको छ । ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ ।
पहिलो अफर अन्तरगत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् जसमा न्यूतम २ देखि १० लाख रूपैयाँसम्मको पक्का नगद कुपन पाउनेछन् ।
यस्तै तेश्रो अफरमा ग्राहकहरूले मात्र ९ लाख रूपैयाँ डाउन पेमेन्ट गरेर गाडी खरिदमा भारी नगद छुट प्राप्त गर्नेछन् । कम्पनीले सरकारले कोरोना रोकथामका लागि क्षमताको पचास प्रतिशत यात्रु बोक्ने नियम लगाएको भएपनि आफ्नो गाडीबाट दोब्बर आम्दानी गर्न सक्ने जनाएको छ । यो अफर १४ सिटे ट्र्याक्स क्रुजरमा लागू हुने कम्पनीले जनाएको छ ।
हुन्डाइ
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशै तिहार WELCOME TO HYUNDAI PARIWAR” योजना ल्याएको छ । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५, २०७७ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।
यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप रु। १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura १ थान र हुन्डाई Grand i10 NIOS १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।
बजाज
दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “खुसी खोज्ने होइन रोज्ने” भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको छ ।
दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।
रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजार रुपैयाँ नगद छुट पाउँन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध रहको कम्पनीले बताएको छ ।
यस योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”
सुजुकी
जुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी।जी। अटोमोवाईल्स प्रा।ली। ले ‘सुजुकी दशै तिहार अफर’ प्रारम्भ गरेको छ । ‘चाडपर्व सबैको हौसला हाम्रो’ भन्ने नाराका साथ कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।
यस अन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै, एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
बेनेली
बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखिनै मोटरसाइकल पारखीबिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागि बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो ।
कम्पनी ले ३ एस ९सेल्स्, स्पेएर, सर्भिस० को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । बेनेलीले दशैं, तिहार र छठको अवसरमा सबै ग्राहकहरूलाई टीएनटी १५० आईमा नगद छुट १५ हजार रुपैयाँ एउटा हेलमेट र २ वर्षको लागि शुन्य प्रतिशत ब्याजको किस्ता तिर्न सुविधा रहेको जनाएको छ ।
त्यस्तै, टीएनटी १५० पहिलो अपरमा १५ हजार नगद एक्स्चेञ्जमा छुट, दोस्रोमा ८ हजार नदग र तेस्रोमा २ वर्षको किस्तामा शुन्य प्रतिशत ब्याज रहेको छ । त्यस्तै, एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने सक्ने रहेको कम्पनीले जनाएको छ ।
होण्डा
नेपालका लागि मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैलाई लक्ष्ति गरी “हरएक नेपालीलाई १ रुपैयाँमा होण्डा ” नामक योजना ग्राहकवर्गहरु माझ ल्याएको छ ।
कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले समस्त नेपालीहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याएको हो ।
असोज ११ गते मंगलबारका दिनदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्ने कम्पनीको भनाइ रहेको छ ।
यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्त्र्mयाच कुपन मार्पmत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले दावी गरेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सकिने छ ।
टिभिएस
नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ अफर ल्याएको छ । दशैंलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत टिभिएसको कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदर कर्जा सुविधामा बाइक तथा स्कूटर गर्न सकिने कम्पनीले जनाएको छ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आर आर ३१० जित्ने अवसर पाउनेछन्।
यस उपहार योजनामा भाग लिन को लागि जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ जसमा किने पनि या नकिने पनि आर आर ३१० जित्ने अवसर पाईन्छ।जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
भेस्पा अप्रिलिया
भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले दसैँ तिहार लक्षित योजना ल्याएको छ ।यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरूले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजारसम्मको नगद छुट र ० प्रतिशत व्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।
भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउँछ ।
यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरूले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजारसम्मको नगद छुट र ० प्रतिशत व्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।
भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।
कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउँछ ।
हिरो
नेपाल जनरल मार्केटिङले ‘दसैँको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत १ जनाले १ लाख नगद पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस