aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतकी ग्ल्यामर गायिका नेहा कक्कडको ठमेलको शोमा लफडा, आयोजक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
भारतकी ग्ल्यामर गायिका नेहा कक्कडको ठमेलको शोमा लफडा, आयोजक पक्राउ

काठमाडौं । भारतकी ग्ल्यामर गायिका नेहा कक्कडको गए राति ठमेलमा भएको लाइभ शोमा बबाल भएको छ । आयोजकले महँगो मूल्य लिएर क्षमताभन्दा बढी दर्शक जम्मा गरेपछि बबाल भएको हो ।
प्रतिव्यक्ति ५ हजार रुपैयाँ लिएर ठमेलस्थित लर्ड अफ डिस्कोमा कक्करको विशेष प्रस्तुति  आयोजना गरिएको थियो ।उक्त डिस्को क्षमता २५ सय जनाको भए पनि क्षमताभन्दा कयौं गुणा बढी टिकट बिक्री गरेकाले ठूलो संख्यामा दर्शकहरुले शो हेर्न नपाएपछि बबाल भएको थियो । प्रहरीले आयोजकहलाई नियन्त्रण लिएर ठगी मुद्दा चलाउने तयारी गरेको बताइएको छ । अन्तर्राष्ट्रिय कलाकारको शोमा स्थानीय प्रहरीसँग समन्वय नगरेको तथा ठूलो परिमाणमा टिकट बचेर हेर्न नदिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस