aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकामा रहेका नेपालीहरुको आफ्नै स्टार्टअपको चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ असोज २०७७
अमेरिकामा रहेका नेपालीहरुको आफ्नै स्टार्टअपको चिन्ता

काठमाडौं । इनोभेसन र स्टार्टअपमा राज्यको प्राथमिकता जानुपर्ने दोस्रो ज्ञान सम्मेलनमा बोल्ने वक्ताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनका क्रममा इनोभेसन र स्टार्टअप विषयक छलफलका क्रममा वक्ताहरुले नेपालमा इनोभेसन आवश्यक भएको बताएका थिए । त्यसका लागि सरकार लचिलो भएर अघि बढ्नुपर्ने र व्यवसायका लागि स्टार्टअपमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण डा. राजु अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न देशमा कार्यरत नेपाली तथा विदेशीहरुले आफ्ना अनुभव सुनाएका थिए । प्रविधिको आत्मसात गर्न सके मात्रै देशले फड्को मार्न सक्ने वक्ताहरुले बताए ।  

प्रोफेसर एन्ड्र पार्डोले कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियाको आफ्नो अनुभव सुनाएका थिए । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. रामेश्वर अधिकारी, हरि पाण्डे, डा आरपी त्रिपाठी, डा रोन चाटलर, डा भिमप्रसाद काफ्ले, समी कार्की, किसुन घेलानलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस