aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न अब एक दिन मात्र बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्न अब एक दिन मात्र बाँकी

 काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नका लागि भोलि सोमबार एक दिन बाँकी छ । मङ्गलबार प्रस्तावित लाभांश पारितका लागि आयोजना गर्न लागिएको साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

लाभांश सहित विविध प्रस्तावमाथी छलफल गर्न असार ११ गते विराटनगरमा एघारौं वार्षिक साधारण सभा गर्न लागेको कम्पनीले सभाका अन्य प्रस्तावहरुमा अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पु¥याउन प्रबन्धपत्र तथा नियमावलीमा संशोधन समेत गर्ने छ ।

 हाल १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्न गत मङ्सिरमै अनुमति पाईसकेको छ । हकप्रद र बोनसपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँभन्दा बढी हुने छ ।
 

प्रतिक्रिया दिनुहोस