aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

“३४ लाख ५० हजारको होण्डा बाइक सिबिआर ६०० आरआरले शान बढाउँदै”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
“३४ लाख ५० हजारको होण्डा बाइक सिबिआर ६०० आरआरले शान बढाउँदै”

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६०० आरआरलाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरले बाइकका पारखीको मन जित्न सक्ने कम्पनीले बताएको छ ।  

४ सिलिन्डर लिक्विड कुलइन्जिन रहेको यस सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिनक्षमता रहेको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मिप्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने कम्पनीले बताएको छ । 

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।   


 

प्रतिक्रिया दिनुहोस