aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन बैंकको बोनस शेयर सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
हिमालयन बैंकको बोनस शेयर सुचिकृत

काठमाडौंं । हिमालयन बैंकको १० प्रतिशत बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । बैंकको उक्त बोनस शेयर वापतको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता शेयर नेप्सेमा सुचिकृत गराएको  हो ।

 बैंकले यो बोनस शेयर गत माघ २९ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सोमवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस