aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वाभिमान लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
स्वाभिमान लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । असोज २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस शेयर हितग्राही खातामा पनि जम्मा गर्न सुरु गरिएको छ ।

कम्पनीले २४ प्रतिशत बोनस शेयर वापतको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता शेयर असोज २२ गतेदेखिनै सम्बन्धित सदस्यहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरिएको जानकारी दिएको हो । 

स्वाभिमान लघुवित्तले गत माघ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट २४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव २७ प्रतिशत नगद लाभांश दिएको छ । यसर्थ बोनस प्राप्त गर्न सदस्यहरुले कर नतिर्दा पनि हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस