aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । असोज २० गते बाँडफाँट भएको कम्पनीको आईपीओ मंगलवारदेखि कारोबार गर्न सकिने गरी सोमवार सूचीकृत भएको हो । 

नेप्सेले पहिलो कारोबारका लागि १०१ दशमलव ७६ रुपैयाँदेखि ३०५ दशमलव २८ रुपैयाँसम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा मूल्य रेञ्ज तोकेको हो । कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ मूल्य पाउने व्यवस्था छ । 

यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ । यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र कारोबार योग्य भएको हो । 

सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको यो शेयर मंगलवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । जनरल इन्स्योरेन्सको संस्थापकतर्फ ७० करोड रुपैयाँ र सर्वसाधारण तर्फ ३० करोड रुपैयाँको बराबरको १ करोड कित्ता शेयर सूचीकृत गरेको हो । 

प्रतिक्रिया दिनुहोस