
काठमाडौं । सरकारले सार्वजनिक सवारीक साधनका सबै सिटमा यात्रु राखेर सवारी चलाउनु भने पनि यात्रुहरु नै नभएको व्यवसायीहरु बताउछन् । सोमबार सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको थियो । यसभन्दा पहिला मन्त्रिपरिषदले सार्वजनिक सवारी साधनका आधा क्षमतामा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।
सरकारले सार्वजनिक यातायात सञ्चालन दिएपछि सार्वजनिक सवारीका साधनहरुको एक लहरमा मात्र यात्रु राखेर सञ्चालन गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रियका अनुसार सार्वजनिक सवारीका साधनमा यात्रा गर्ने यात्रुहरु नै कम भएकाले सरकारले गरेको निर्णय यातायात व्यवसायीहरुलाई खासै राहत नहुने बताउछ । सरकारको निर्णय त आयो अब व्यवसायीहरुले के गर्ने भनेर छलफल गर्ने महासंघका महाचसचिव सरोज सिटौलाले जानकारी दिए ।
अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेकाले अब यात्रुहरु कम हुने भएकाले अब व्यवसायी सबैले कसरी सञ्चालन गर्ने भनेर छलफल गर्ने महासचिव सिटौलाले बताए ।
प्रतिक्रिया दिनुहोस