aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नाडेप लघुवित्तको साधारण सभा बुधवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
नाडेप लघुवित्तको साधारण सभा बुधवार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बुधवार हुदैंछ । नाडेपले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे सभा आयोजना गर्ने भएको हो ।

उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लाभांश सहित शेयर संरचना परिवर्तनको लगाएत विविध प्रताव पारित गर्ने कार्यक्रम तय भएका छन् । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३६ करोड ८० लाखको आधारमा लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव गरेको छ । साथै अन्य कुनै वित्तीय संस्था गाभ्ने गाभिने वा एक्विजिशन सम्बन्धी उपयुक्त प्रस्तावमा आएमा सो कार्यका आवश्यक सम्पूर्ण जिम्वेवारी सञ्चालक समितीलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजनको लागि असोज १४ गते एक दिन कम्पनीले बुक क्लोज गरेकोे छ । बुक क्लोजको आधारमा असोज १३ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस