aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रनर बाइकको अहिलेसम्मकै ठूलो दशैं अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
रनर बाइकको अहिलेसम्मकै ठूलो दशैं अफर

काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।

कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्क्रस्ट अफर रहेको दाबी गरेको छ । साथै कंपनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ । यती मात्र न भई, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्युनतम मुल्यांकन गरिने छ । 

देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अंतर्गत  ५१ हजार रुपैयाँसम्म छुट का साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन ।  रमन मोटर्सले हाल ८० सि सि का सस्तादेखी २०० सिसिसम्मका प्रिमियम  मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्राण्ड को दिन दिनै बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस