aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कान्ति बाल अस्पतालमा ५५ जना डाक्टर र नर्सलाई जागिरको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
कान्ति बाल अस्पतालमा ५५ जना डाक्टर र नर्सलाई जागिरको अवसर

काठमाडौं । कान्ति बाल अस्पतालले ५५ जना डाक्टर र नर्सलाई करारमा नियुक्ति गर्ने भएको छ । अस्पतालले २०  जना डाक्टर र ३५ जना नर्सलाई करारमा नियुक्त गर्ने भएको हो ।

अस्पतालले आइसियु सेवा विस्तारका लागि जनशक्ति थप गर्न लागेको जनाएको छ। यस्तै अस्पतालले एक जना बायोमेडिकल इन्जिनियरलाई पनि करारमा नियुक्त गर्न लागेको छ।

अस्पतालले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेकालाई १५ दिन भित्र दरखास्त हाल्न भनेको छ।

प्रतिक्रिया दिनुहोस