
काठमाडौं । गत वैशाख ७ गतेदेखि शुरु गरिएको कोरोना बीमाको आकर्षण बढ्दो रहेको छ । कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै बीमा गर्नेहरुको संख्या पनि बढ्दै गएको हो । कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्न शुरु गरिएको बीमाको हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुले ८७ करोड २० हजार ९०५ प्रिमियम संकलन गरेका छन् ।
सबैभन्दा बढी राष्ट्रिय बीमा समितिले प्रिमियम संकलन गरेको छ । जसले २२ करोड २४ लाख ३ हजार ३३ प्रिमियम संकलन गरेको छ । तथ्यांक अनुसार शिखर इन्स्योरेन्सले ११ करोड २६ लाख ४७ हजार ६ सय प्रिमियम संकलन गरेको छ भने सगरमाथा इन्स्योरेन्सले ७ करोड ६० लाख ५५ हजार ७ सय ३५ रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यस्तै,अजोड इन्स्योरेन्सले ४ करोड ७० लाख ४६ हजार ७ सय, एभरेष्ट इनस्योरेन्सले २ करोड ४३ लाख २२ हजार १८०, जनरल इन्स्योरेन्स २ करोड ४० लाख ८६ हजार ५ सय, हिमालयन इन्स्योरेन्सले ३ करोड ७६ लाख ९८ हजार ६०९ र आइएमइ जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख ३२ हजार ४४० रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
यस्तै,लुम्बिनी इनस्योरेन्सले २ करोड ६५ लाख ६ हजार ८ सय रुपैया प्रिमियम संकलन गरेको छ भने नेशनल इनस्योरेन्सले ९२ लाख ४५ हजार ८ सय प्रिमियम संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरि, नेको इनस्योरेन्सले ४ करोड २४ लाख ९० हजार ४३८, नेपाल इनस्योरेन्सले एक करोड ९९ लाख ४२ हजार २०, एनएलजी इनस्योरेन्सले २ करोड ९२ लाख ९१ हजार ६ सय, ओरिन्टल एक करोड ७ लाख ७७ हजार ८१०, प्रभु इनस्योरेन्सले एक करोड ७९ लाख ४४ हजार ६ सय र प्रिमियर इनस्योरेन्सले ३ करोड ३३ लाख १० हजार ५ सय प्रिमियम संकलन गरेको छ ।
यसैगरि, प्रडून्सियल इनस्योरेन्सले एक करोड ९ लाख ७१ हजार ४०, सानिमा इन्स्योरेन्सले एक करोड एक लाख ३२ हजार ४ सय, सिद्धार्थ इन्स्योरेन्सले ६ करोड २ लाख ६२ हजार रयूनाइटेड इन्स्योरेन्सले एक करोड ८४ लाख ५३ हजार एक सय प्रिमियम संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस