
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि कात्तिक ६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सुचना जारी गरी कात्तिक ५ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउने बताएको हो ।
कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्री गर्ने तयारी गरेको हो ।
यो हकप्रद शेयर विक्री गर्न कम्पनीले असोज १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद शेयर विक्री गर्न भने कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ ।
हाल यस कम्पनीको चुक्तापूँजी २२ करोड ७ लाख ३१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस