aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालको डबल बी प्लस रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालको डबल बी प्लस रेटिङ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने “इक्रा आइआर बीबी प्लस” रेटिङ प्रदान गरेको छ । 

प्रभु लाइफले ६० लाख कित्ता आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ । यो आईपीओ विक्री प्रबन्धको जिम्वेवारी सिद्धार्थ क्यापिटलले पुरा गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजीका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस