aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आजदेखि भारतका ४८७ फिल्म हल सञ्चालन, हलमा जान यस्ता छन नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
आजदेखि भारतका ४८७ फिल्म हल सञ्चालन, हलमा जान यस्ता छन नियम

एजेन्सी । भासतमा आजदेखि सिनेमा, मल्टिप्लेक्स, स्विमिंग पूल र मनोरञ्जन पार्क खुल्ने भएका छन । भारतको सूचना तथा प्रसारण मन्त्रालयले थिएटर र मल्टिप्लेक्सहरूका लागि विस्तृत दिशानिर्देश जारी गरेको छ । कोरोनाका निर्देदिकीका बनाएर कोरोना संक्रमणको स्थितिलाई थप फैलिन नदिन विभिन्न सर्तकताहरु अपनाइने छ । 

केन्द्रले जारी गरेको नियम अनुसार सिनेमा हलमा एकपछि अर्को सीट खाली रहनेछन । हलका ५० प्रतिशत दर्शक मात्र भित्र आउन पाउने छन्। सिनेमा हलमा प्रवेश गर्नेहरूले सधै मास्क लगाउनु पर्ने छ भने  भित्र भेन्टिलेसनको उचित व्यवस्था भएको हुनुपर्ने छ र । हलमा रहेको एसीको तापमान २३ डिग्रीभन्दा माथि राख्नुपर्दछ  । 

सिट जहाँ दर्शकहरू बस्न चाहँदैनन् त्यसमा क्रस मार्क लगाइने छ । सिनेमा हलभित्र जानका लागि मोबाइलमा अरोग्य सेतु एप डाउनलोड भएको हुनु पर्ने छ । चलचित्र हेर्दा खाने र पिउने कुनै पनि प्रकारको पूर्ण प्रतिबन्ध लगाइएको छ ।

टिकट खरीदको सम्पूर्ण प्रक्रिया अनलाइनबाट हुने छ ।  एन्ट्री र एग्जिट गेट, सिनेमा हलमा लबी समय समयमै स्यानिटाइज गरिने छ र प्रत्येक शोपछि  सिनेमा हल पनि स्यानिटाइज गरिने छ । यो सिनेमा हल व्यवस्थापनको उत्तरदायित्व हुनेछ सबै दर्शकहरुलाई सेनिटाइजर प्रदान गर्ने छ । 

आजदेखि १० राज्य र केन्द्रका ४ प्रदेशहरुका सिल्भर स्क्रिन जिवन्त हुनेछ । समाचार एजेन्सी पीटीआईले पीभीआर सिनेमाको उद्धृत गर्दै बिहीबारदेखि यसको ४८७ स्क्रीनमा फिल्महरू देखाउन शुरु गर्ने छन ।

सिनेमा हल खुल्नु अघि, दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले सिनेमा हलका प्रतिनिधिहरूलाई भेटेका छन ।  हल मालिकहरूले केन्द्र र राज्यको दिशा निर्देशन कडाईका साथ अनुसरण गर्ने आशा गरेका छन् ।  

आजबाट यूपीमा पनि सिनेमा हल खुल्नेछन । राज्यका मुख्य सचिव आरके तिवारीका अनुसार प्रत्येक व्यक्तिले साधारण हलिया र सिनेमा हलको पर्खाइमा कम्तिमा ६ फिटको दूरी राख्नु पर्छ । सम्पर्क कम सेनिटाइजरको प्रबन्ध गर्न आवश्यक छ ।  प्रत्येक व्यक्तिको थर्मल स्क्रीनिंग अडिटोरियममा प्रवेश गर्नु अघि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस