aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माउण्टेन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
माउण्टेन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ ३१ गतेदेखि निष्कासन गरेको माउण्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओ भर्ने असोज २९ गते बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानियका लागि रू. १९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि आईपीओ विक्री खुला गरेको हो भने दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । स्थनिय र सर्वसाधारणका लागि गरि कुल  रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो । 

यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

यस कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न गरि व्यवसायिक उत्पादन सुरु गरि सकेको छ भने म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । तादीखोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत रू. १८ करोड ४९ लाख १६ हजार रहेको छ भने मिस्ट्रीखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १३ करोड ४३ लाख ४८ हजार रहेको छ ।  यस कम्पनीको प्रतिशेयर नेटवर्थ २०७६ चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ११८ दशमलव ३२ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस