aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनिलिभर नेपालले नगद लाभांश बैंक खातामै उपलब्ध गराउने, बैंक खाता अद्यावधिक गराउन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
युनिलिभर नेपालले नगद लाभांश बैंक खातामै उपलब्ध गराउने, बैंक खाता अद्यावधिक गराउन अनुरोध

काठमाडौं । युनिलिभर नेपालले प्रस्तावित लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा उपलब्ध गराउने भएको छ । यस वर्ष कम्पनीले प्रतिशेयर रू. १०० का दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश आफ्नो बैंक खातामा प्राप्त गर्नका लागि कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन भनेको छ ।

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई पनि समयमै शेयर अभौतिकीकरण गराउन समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीले आफ्नो हितग्राही खातामा प्यान नम्बर, फोन वा मोवाइल नम्बर र इमेली आइटी अद्यावधिक गराउन भनेको छ । युनिलिभरको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस