
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालको नयाँ नेतृत्व चयन सहित विविध प्रस्ताव पारित गर्न आगामी कात्तिक २१ गते २६ औं वार्षिक साधारण सभा हुने भएको छ । ब्रोकर एशोसिएसनको असोज १४ गतेको सञ्चालक समितिको बैठकले कार्यसमितिको निर्वाचन र गत आर्थिक वर्षको प्रतिवेदन पारितका लागि सभा गर्ने निर्णय गरेको हो । सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
हाल ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनका अध्यक्षको जिम्वेवारी पुरा गरिरहेका छन् । उनको कार्यकाली असोज १२ गतेदेखि सकिएको छ । दुई कार्यकालसम्म रानाभाटले अध्यक्षको पदभार ग्रहण गर्न पाउनेछन् ।
तर, उनिभने अर्को कार्यकाल नदोहो¥याउने पक्षमा छन् । उनका अनुसार आगामी कार्यकालमा अध्यक्षको पद सम्हाल्ने प्रस्ताव अहिलेसम्म कसैबाट आएको छैन् । रानाभाटभन्दा अघि ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले एशोसिएशनमा अध्यक्षको पदभार सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस