
सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । मङ्गलबार प्रस्तावित लाभांश पारितका लागि आयोजना गर्न लागिएको साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो । कम्पनीले गत वर्षको मुनाफाबाट
हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
लाभांश सहित विविध प्रस्तावमाथी छलफल गर्न असार ११ गते विराटनगरमा एघारौं वार्षिक साधारण सभा गर्न लागेको कम्पनीले सभाका अन्य प्रस्तावहरुमा अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पु¥याउन प्रबन्धपत्र तथा नियमावलीमा संशोधन समेत गर्ने छ ।
हाल १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्न गत मङ्सिरमै अनुमति पाईसकेको छ । हकप्रद र बोनसपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँभन्दा बढी हुने छ ।
प्रतिक्रिया दिनुहोस