aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्र्षिक साधारण सभा असोज २९ गते बिहीवार सम्पन्न गरेको छ । यस कम्पनीले दशै अघिनै आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको हो । कम्पनीका अध्यक्ष आत्माराम घिमिरेले सभा समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । २०७४ साल मंसिर २८ गतेदेखि नयाँ जीवन बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गरेको यस कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । 

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिबाट सर्वसाधारणका लागि शेयर जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरि यस कम्पनीले कारोबार सञ्चालनको स्वीकृति पाएको थियो । यस कम्पनीले आईपीओको रेटिङ समेत सम्पन्न गरिसकेको छ । कम्पनीको आईपीओ इक्रा नेपालले मध्यम जोखिमको संकेत गर्ने “इक्रा आइआर बीबी प्लस” रेटिङ प्रदान गरेको छ । 

यस कम्पनीले गत आवको चौथो त्रैमासमा  ४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा १४ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ भने बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी  छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस