aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्स आईपीओ पाँच लाख ९० हजारभन्दा बढीको हात खाली, तपाईंलाई कति कित्ता पर्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
सानिमा जनरल इन्स्योरेन्स आईपीओ पाँच लाख ९० हजारभन्दा बढीको हात खाली, तपाईंलाई कति कित्ता पर्यो ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । विहान विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथाबाट २ लाख ७२ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन ।

यो आईपीओ खरिदका लागि आवेदन दिने ५ लाख ९० हजार  ५४५ आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत २७ लाख ३० हजार कित्ता शेयर विक्री गरेको थियो । कुल ३० लाख कित्तामभ्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याईएको छ ।

विक्री प्रबन्धकका अनुसार यो आईपीओ खरिदका लागि ८ लाख ६६  हजार ९०५ जनाको आवेदन परेको थियो । यी मध्य ३ हजार ३६० जनाको रितपूर्वक आवेदन नभएकाले रद्ध गरिएको छ । रितपूर्वक आवेदन दिने ८ लाख ६३ हजार ५४५ जना आवेदकहरु गोलाप्रथामा सहभागी भएका थिए । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । यस कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा मूल्य निर्धारण हुने हुदाँ कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँ माथिबाटै हुने देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस