aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड चलचित्र “का पे रनसिंगम” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
बलिउड चलचित्र “का पे रनसिंगम” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगमर्” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउने कम्पनीले जनाएको छ ।

 तमिल चलचित्र“का पे रनसिंगमर्”सत्य घटनामा आधारीत, सामाजिक चलचित्रहो जसले दक्षिण भारतीय किसानहरुको कथाबोकेको छ ।  तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने बताएको छ ।

असोज १६ गते रिलिजभएको चलचित्र“खालीपीलीर्” हेर्न चाहने दर्शकहरुको लागि विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने छ । दैनिक ८ शो संचालन हुने सिनेमा घर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस