
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन आचारसंहिता जारी भएको छ । महासंघको आगामी मंसिर ११ र १२ गते काठमाडौंका तीन स्थान प्रज्ञा प्रतिष्ठन कमलादी, कार्की ब्यांक्वेट बबहरमल र नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय टेकुमा हुने छ । उक्त साधारणसभा मंसिर ११ गते दिउसो ४ बजे भर्चुअल माध्यमबाट उद्घाटन हुने महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए ।
मंसिर १२ गते विहान ९ बजेदेखि बन्दसत्र शुरु हुने छ । महासंघको निर्वाचनमा भागलिने उम्मेदवारले आफ्नो उम्मेदवारी मनोनयन गर्न चाहने उम्मेदावरले आर्थिक वर्ष २०७६÷७७ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी सहितको मनोनयन पत्र र प्रतिनिधि पत्र साधारण हुनुभन्दा सात दिन अर्थात मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवालयमा नाम पठाइसक्नु पर्ने महासंघले जारी गरेको सूचनामा उल्लेख छ ।
निर्वाचनमा उम्मेदवार हुने प्रदेश, उद्योग बाणिज्य संघ, बस्तुगत संघ, द्धिराष्ट्रिय उद्योग बाणिज्य संघ, एसोसिएटस सदस्य एवं महासंघका संस्थापक सदस्यहरुले आफ्नो तर्फबाट निर्वाचन भाग लिने उम्मेदवारलाई अनिवार्य रुपमा प्रतिनिधिमण्डलमा समावेश गराउने पर्ने छ ।
त्यस्तै, साधारण सभामा जिल्ला÷नगर उद्योग बाणिज्य महासंघ एवं बस्तुगत संघ र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको हकमा अध्यक्ष स्वयं मुख्य प्रतिनिधि रहनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष स्वयं उपस्थित हुननसक्ने अवस्थामा सम्बन्धीत सदस्य संघको कार्यकारीणी समितिले आफूमध्येबाट प्रतिनिधि छानि मुख्य प्रतिनिधि सहितको प्रतिनिधिमण्डलको नाम पठाउन पर्ने छ । द्धिराष्ट्रिय उद्योग बाणिज्य संघहरुले मुख्य प्रतिनिधि २ जना र एसोसिएटस सदस्यले मुख्य प्रतिनिधि एक जना मात्र पठाउन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस