aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यो साता धितोपत्र बजारमा थपियो २ करोड कित्ताभन्दा बढी शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
यो साता धितोपत्र बजारमा थपियो २ करोड कित्ताभन्दा बढी शेयर

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा एक कम्पनीको आईपीओ सहित चार कम्पनीको शेयर थप भएको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड कित्ता आईपीओ सहित कुल २ करोड ६ लाख ४१ हजार ३८४ दशमलव ४३ कित्ता शेयर धितोपत्र दोस्रो बजारमा थपिएको हो । यो साता एनएमबि लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर धितोपत्र दोस्रो बजारमा थपिएको हो । 

जनरल इन्स्योरेन्सको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपूर्वनै हितग्राही खातामा जम्मा भैसकेको थियो । यस कम्पनीको शेयर सोमवार सूचीकृत भई बुधवारदेखि कारोबार सूरु भएको छ । अन्य कम्पनीको बोनस शेयर पनि कारोबार योग्य भैसकेको छ । सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको अवस्थामा यो शेयर कारोबार गर्न सकिनेछ ।

एनएमबि लघुवित्त वित्तीय संस्थाले १२ प्रतिशत बोनस शेयर वापतको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता शेयर असोज २३ गते सूचीकृत गराएको हो । यस कम्पनीले असार २२ गते सम्पन्न सातौं साधारण सभा मार्फत आर्थिक वर्ष २०७५÷७६ को लागि १२ प्रतिशत बोनस शेयर पारित गरेको थियो । 

त्यस्तै हिमालयन बैंकले गत माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर असोज २५ गते सूचीकृत गराएको हो । स्वाबलम्बन लघुवित्तको गत पुस २० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर पनि यसै साता सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस