काठमाडौं । सानिमा इक्विटी फण्डले प्रस्तावित प्रतिफलका लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस योजनाले शुक्रबार सुचना जारी गरी बुक क्लोजको मिति सार्वजनिक गरेको हो । सानिमा क्यापिटलको व्यवस्थापनका सञ्चालित यस योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा कर सहित १० प्रतिशत प्रतिफल वितरण गरेको यस फण्डले यस वर्षभने घटाएर प्रतिफल दिने निर्णय गरेको हो । यस योजनाले १ अर्ब ३० करोड रुपैयाँ इकाई जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस