aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापकशेयर असोज ३० गतेदेखि लिलामीमा विक्री खुला भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको यो शेयर खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले कात्तिक १४ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ तोकिएकाले यसमा नघट्ने गरी बोलकबोल गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्याङ्कनमा नसमेटिने कम्पनीको भनाई छ । यो शेयर खरिदमा बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । 

यो शेयर खरिद गर्ने लगानीकर्ता कम्पनीले विक्री गर्ने तयारी गरेको हकप्रदका लागि पनि योग्य हुने जानकारी दिएको छ । नागरिक लगानीकोषले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न बोर्डमा निवेदन दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस