aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ पाँच लाख जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ पाँच लाख जित्न सकिने

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत  बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिने कम्पनीले जनाएको छ ।

 डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश नभएको कम्पनीले जनाएको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको कम्पनीले दावी गरेको छ ।

 फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस