aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नविकरण नगर्ने २५ कम्पनीको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ कार्तिक २०७७
नविकरण नगर्ने २५ कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक नविकरण शुल्क नबुझाउने २५ कम्पनीको कारोबार रोक्का गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाईसक्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र शुल्क नबुझाएका कारण आइतवारदेखि ती कम्पनीहरुको कारोबार रोक्का राखिएको नेप्सेले सुचना मार्फत जानकारी गराएको हो । 

यस अघि असोज १३ गतेनै सुचना जारी गरी बार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले सूचीकृत कम्पनीहरुलाई अनुरोध गरेको थियो । तोकिएको अवधिभित्र नवीकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने समेत नेप्सेले जानकारी दिएको छ ।

 नविकरण शुल्क नबुझाएको भन्दै नेप्सेले क्यापिटल मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स , हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल शेयर मार्केट्स, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति उद्योग, विराज सुज , बुटवल स्पाइनिङ्ग रहेका छन् । 

 फ्युर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, हिमालय डिष्टिलरी, ज्योती स्पाईनिङ्ग मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, रघपछि जुट मिल्स, भृकुटी पल्स एण्ड पेपर, श्रीराम सुगर मिल्स, नेपाल वेयलफेयर, नेपाल ट्रेडिङ, याक एण्ड यति होटेल र नेपाल फिल्म डेभलपमेण्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । उल्लेखित कम्पनीहरु कतिपय बन्द भैसकेका छन् भने कतिपय सूचीकृत भएपनि नियमित कारोबार भने हुने गरेको छैन् ।

नेप्सेमा सूचीकृत ५० करोड रूपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रूपैयाँ र ५० करोड रूपैयाँ माथी चुक्तापूँजी हुने कम्पनीहरुले बार्षिक एक लाख रूपैयाँसम्म बुझाउनुपर्नेछ । 

त्यस्तै डिवेन्चर तथा म्युचुअल फण्डका लागि ५० करोड रूपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीहरुको हकमा २५ हजार रूपैयाँ र ५० करोड रूपैयाँ भन्दा बढी चुक्तापूँजी भएका कम्पनीहरुको हकमा ५० हजार रूपैयाँ बार्षिक नवीकरण शुल्क लाग्नेछ । 


 

प्रतिक्रिया दिनुहोस