
काठमाडौं । केयर रेटिङस नेपालको चौथो वार्षिक साधारण सभा कात्तिक ३ गते सोमबार हुने भएको छ । केयर रेटिङस नेपालको कार्यालय दोस्रो तल्ला स्टार मल काठमाडौंमा अपरान्ह ३ बजे सभा सुरु हुनेछ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियो ।
सभाले २१ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस