काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले लेस्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ IDTEC इन्जिनयुक्त नयाँ होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा सार्वजनिक गरको छ ।
“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट”को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर–भि २०२० माहाई–टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधा रहेको कम्पनीले दावी गरेको छ ।
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमाएड्भान्स इन्टिगे्रटेड LED हेड ल्याम्पस्, इनलाइन LED फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट Keyless Entry , प्याडल सिफ्टिङ्गगियर हरेको छ ।
८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जना सम्मप्या सेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।
९ स्पिड CVT (Continuously Variable Transmission) सहितको १.६ IDTEC इन्जिनयुक्त र अफ रोडिङ्गअनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त होण्डा सिआर–भि ले नेपाली रोडहरुमा असली SUV कोआन्नदलिनचाहनु हुने सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस