
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले असोज १३ देखि असोज १९ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको शेयर बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारण तर्फको ३ लाख ३ हजार ५६५ कित्ता र संस्थापक तर्फको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर कात्तिक २ गते बाँडफाँट गरेको हो ।
कम्पनीले यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो ।
न्यूनतम प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर संस्थापकतर्फ रू. १६६ र सर्वसाधारण तर्फ रू. ६०४ मा विक्री गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त बाँडफाँटमा नपरेको शेयर वापतको रकम कात्तिक ४ गतेदेखि आवेदन फारममा उल्लेख भएको बैंक खातामा रकमान्तर गर्ने कम्पनीको भनाई छ । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस