aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

५५ करोडको आईपीओ जारी गर्दै साहस ऊर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
५५ करोडको आईपीओ जारी गर्दै साहस ऊर्जा

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि ५५ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । सोमबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । 
कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी)  जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले हालसम्म ६९ जिल्लाबाट करिब ८ हजार जनाले कम्पनीको शेयरमा लगानी गरेको जानकारी दिए । हालसम्म २५ प्रतिशत निर्माणको काम सम्पन्न भईसकेको उनको भनाइ छ । आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धको रुपमा एनआईबीएल क्यापिटल र क्रेडिट रेटिङका लागि इक्रा नेपाल प्राइभेट लिमिटेडसँग सम्झौता भइसकेको कम्पनीको भनाइ छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब ५० करोड र जारी पुँजी  ३ अर्ब रहेको छ भने चुक्तापुँजी  २ अर्ब ४५ करोड रहेको छ । संस्थापकबाट कुल जारी पूँजीको ८१ दशमलव ६७ प्रतिशत चुक्ता भइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस