काठमाडौं । गत जेठ १४ गतेदेखि स्थानीयबासीका लागि बिक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानियको लागि बिक्रीमा ल्याएको हो । आईपीओमा आवेदन दिने अवधि जेठ २८ गते रहे पनि यस अवधिमा न्यून आवेदन परेपछि अवधि बढाइएको हो । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस