
काठमाडौं । वार्षिक नविकरण शुल्क तोकिएको अवधिभित्र नबुझाउदा रोकिएको हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर र नेपाल हाइड्रोपावर डेभलपरको कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मंगलवारदेखि यी कम्पनीहरुको कारोबार फुकुवा गरेको हो ।
सूचीकृत कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तभित्र नविकरण गरिसक्नुपर्ने व्यवस्था छ । उक्त अवधिभित्र नविकरण नगर्ने २५ कम्पनीहरुको कारोबार नेप्सेले आइतवार रोक्का गरेको थियो ।
२५ कम्पनीहरुमध्य पाँच कम्पनीले नविकरण गरेसँगै कारोबार फुकुवा भएको हो । यस अघि हिमालयन डिष्टिलरी र मल्टिपर्पस फिनान्स कम्पनीले नविकरण गरि सोमवारदेखि कारोबार फुकुवा भएको हो । अझै २० कम्पनीहरुले नविकरण नगरेको नेप्सेले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस